THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
SF
सेतोपाटी

कर्मचारीले सामाजिक सञ्जालमा मन्त्री लगायत सार्वजनिक पदाधिकारीबारे टिप्पणी गर्न नपाइने

संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सामाजिक सञ्जालमा मन्त्री लगायत सार्वजनिक पदाधिकारीबारे टिप्पणी गर्न नपाइने भएको छ।

SF

रूपन्देहीमा ३ हजार ५ सय ३६ जना मतदाताको लगत कट्टा

राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिन्छ : मन्त्री गौतम

काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,...

‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कति भूभाग मिचेको रहेछ, तथ्याङ्क निकाल्नुभयो ?’

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कूटनीति, शासन सञ्चालन तथा गैरकानुनी धरपकडको विषयलाई लिएर सरकारको चर्को आलोचना गरेका छन्।...

राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

१५ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।...

स्विस हिमनदीमा ५ दशमलव ५ प्रतिशत बरफ घट्यो

अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्।...

SF

जेससकै आग्रहमा संन्यास रोकेका रोनाल्डो उनैसँग विवादपछि क्याम्पबाट बाहिरिए

रोनाल्डोको पोर्चुगल यात्राको अन्त्य यसरी हुनु उचित होइन।

विद्युत् प्रसारणका लागि नियमन आयोगले तोक्यो नयाँ ह्विलिङ चार्ज

काठमाडौँ। विद्युत् नियमन आयोगले राष्ट्रिय प्रसारण ग्रिडको प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) नयाँ मापदण्डअनुसार निर्धारण गरेको छ। आयोगले विद्युत् प्रसारण तथा वितरण...

प्रधानमन्त्रीलाई सांसद दुलालको व्यङ्ग्य– एक्स्ट्रा अर्डिनरीमा पर्ने रास्वपाका इन्जिनियर सांसदहरूलाई बधाइ

१५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूकोे स्तर निर्धारण गरेको भनेर व्यङ्ग्य गरेका छन् । ‘राणा...

नेपालमा फाइभजी सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी वितरण गर्ने तयारी

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मिनप्रसाद...

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिन नेपाली सेनाको टोली प्रस्थान

विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वानमा नेपाली सेनाको नयाँ टोली कार्यक्षेत्रतर्फ प्रस्थान गरेको छ।...

प्रतिनिधिसभामा प्रविधिको चुनौतीदेखि जनताका समस्यासम्मका विषय उठान

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी, सुशासन कायम, विकास, समृद्धिलगायत विषयमा धारणा व्यक्त गरे।...

विपद्‌बारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय विशेष समिति

समितिमा सांसदहरू कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन् ।

अफगानिस्तानको सीमा नाकामा आगलागी

काठमाडाैँ । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठुलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा जलेका छन् भने...

SF

कांग्रेस अधिवेशन : स्याङ्जा २ मा पुन: मतदान हुने

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत स्याङ्जा–२ मा पुनः मतदान हुने भएको छ ।

विपद् अध्ययनका लागि राष्ट्रिय सभामा छुट्टै विशेष समिति गठन

समितिले विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनर्स्थापनाको अवस्थाको समीक्षा गर्नेछ।...

अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयार

काठमाडौँ। सरकारले पूर्ण तथा अतिअशक्त एवं अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयारी गरेर रायका लागि अर्थ मन्त्रालय पठाएको छ। राष्ट्रियसभाको...

एमाले सांसद पोखरेलले दिए सरकारलाई ‘जरासन्ध’ को उपमा

१५ असोज, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को उपमा दिएका छन् ।...

‘जिबी राई सत्तापक्षीय सदस्यहरूसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्’

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर...

कास्पारोभको जीवन खतरामा रहेको चेतावनी

काठमाडाैँ। क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा...

SF

कांग्रेस महाधिवेशन- २ महामन्त्रीका लागि अहिलेसम्म १२ जना आकांक्षी

महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने भए पनि अहिलेसम्म १२ जना नेता महामन्त्रीको आकांक्षामा देखिएका छन्।

पूर्वप्रधानन्यायाधीशको हकमा यस्तो हुन्छ भने सर्वसाधारणको अवस्था के होला? : सांसद आलेमगर

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सुरेशकुमार आलेमगरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको कारणबारे राष्ट्रिय मानव अधिकार आयोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...

SF

'दृश्यम ३'देखि 'जेलर २'सम्म, अक्टोबरमा रिलिज हुँदैछन् यी भारतीय फिल्म

'दृश्यमः द कन्क्लुजन' शुक्रबारदेखि नेपालमा समेत प्रदर्शन तयारीमा छ।

त्रिविले बोलायो सिनेट, बजेट र ग्रेसलिस्ट पारित गर्ने कार्यसूची

गत असारमै बजेट पास हुनुपर्ने थियो । तर, पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा रोकिएको थियो ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी

काठमाडौँ। सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्वसूचना प्रणाली, रोकथाम संरचना, स्थानान्तरण र वैकल्पिक बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।