THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

पहिरो खसेपछि कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार...

विश्व हाप्किडो च्याम्पियनसिपमा बन्दनाले जितिन् रजत

काठमाडौँ । नेपाली हाप्किडो खेलाडी बन्दना बस्नेतले किर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा रजत पदक जितेकी छन् । किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा...

संयुक्त राष्ट्रसंघको महासभामा केहीबेरमा प्रधानमन्त्री बालेनले सम्बोधन गर्दै (लाइभ)

८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरमा सम्बोधन गर्दैछन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका...

राष्ट्रसंघ मुख्यालयमा प्रधानमन्त्री बालेन शाह र महासचिव गुटेरेसबिच भेटवार्ता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ...

राष्ट्रसंघमा नेतान्याहुले सम्बोधन गर्दा प्रतिनिधिहरूले हल छाडे

९ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका...

प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने– पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु

आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरे ।

एसियाड पुरुष क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदअन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा आज अफगानिस्तानसँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान...

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाँके । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले...

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी । हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अर्ग्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ । गाउँका किसानले...

काठमाडौँ उपत्यकामा आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ । हिन्दु तथा बौद्ध...

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको...

‘सतर्क रहौँ, सुरक्षित रहौँ’, मधेस सरकारको आग्रह

धनुषा । भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह,...

मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

कर्णाली । कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी...

हालान्डको दुई गोलमा डेनमार्कविरुद्ध नर्वे विजयी

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नर्वेले डेनमार्कमाथि ३–२ गोलको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘डी’...

गाक्पोले इन्जुरी समयमा गोल गरेपछि नेदरल्यान्ड्स र जर्मनी १–१ को बराबरीमा

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘बी’ अन्तर्गत...

फेलिक्सको निर्णायक गोलमा पोर्चुगल विजयी

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले वेल्समाथि १–० गोलको कठिन जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा...

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्व मञ्चमा पुनः प्रतिध्वनि

सोलुखुम्बु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः...

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जबाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् । संयुक्त...

भारी वर्षाको जोखिम: खोटाङमा राति सवारी सञ्चालनमा रोक

खोटाङ । भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्र्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ ।...

भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ...

जगरनाथपुरमा बृहत् वृक्षारोपण

पर्सा । यहाँस्थित जगरनाथपुर गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ वृक्षारोपण गरेको छ । वडा नं २ को...

रुग्ण आयोजनालाई लयमा ल्याउँदै भौतिक मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनालाई लयमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएकी छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।