यस्तो बन्यो २३१ सदस्यीय गगन नेतृत्वको कांग्रेस केन्द्रीय समिति
काठमाडौँ । नेपाली कांग्रेसको असोज १८ गतेबाट २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ...
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा...
रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन समितिको निर्ष्कष : जीर्ण र जोखिमयुक्त संरचना हटाऊ
रोनाल्डो हात्तीको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव दिएको छ ।
कम्पनी रजिस्ट्रार कार्यालयको सिस्टममा समस्या, सेवाग्राही मारमा
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा समस्या हुँदा सरकारले दिएको कर तथा जरिवाना छुट सुविधा लिन चाहने सेवाग्राहीले चरम सास्ती खेप्नुपरेको छ ।...
देउवा समूहले कुन प्रदेशमा कति अधिवेशन सम्पन्न गर्यो ? (तथ्याङ्क सहित)
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधविशनका लागि अहिले तल्लो तहका अधिवेशनहरू भइरहेका छन् । समूहले अहिलेसम्म सम्पन्न...
करेन्ट लागेर विद्युत् कर्मचारी गम्भीर घाइते, नेपालगन्ज लगियो
पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।...
स्वीकृतिबिनै इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ सेवा प्रदायकलाई ५० हजार जरिवाना
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवाका प्याकेज तथा शुल्क सञ्चालन गरेको भन्दै ६ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना...
विपद्को छायामा दशैँ, तिनकुनेमा लिङ्गे पिङको रौनक
दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।
दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता
उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।...
झन्डै ५ अर्बका ६९ बहुवर्षीय योजना स्वीकृत, यसअघि प्रस्तावित २९ योजना अस्वीकृत
विराटनगर । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने ६९ वटा बहुवर्षीय योजनाका लागि स्रोत सहमति (सुनिश्चितता) प्रदान गरेको छ । आर्थिक...
डीएसपी भट्टलाई नेपाल प्रहरीको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार
३० असोज, चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता...
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।...
प्रहरी दिवसमा मधेशका १५ प्रहरी स्ममानित, सर्वोत्कृष्ट प्रहरी सम्मान साहलाई
३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको...
सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय
३० असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा पूर्वाधार लगानी अन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयको लागि ५ अर्ब ३४ करोड रुपैयाँ...
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आगलागी, चारको मृत्यु
इन्डोनेसियाको जाभा टापुस्थित राष्ट्रिय निकुञ्जमा डढेलो निभाउने क्रममा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । देशका विभिन्न...
म्याग्दीको सदरमुकाम बेनीबाट सार्न महाविर पुनको प्रस्ताव
विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्।...
निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापार बाटो खुल्यो, दुई वर्षसम्मको आशयपत्र दिइने
लामो समयदेखि अन्तरदेशीय विद्युत् व्यापारमा सहभागी हुन पाउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रका लागि यो निर्णयले नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने अपेक्षा छ ।
उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
३० असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा बडादशैंको...
सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा मिसबाह उल हक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।