१० बजे १० समाचार : प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण, भ्याटबारे सरकारभित्रै मतभेद
आज २०८३ असोज ५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
‘मुक्त कमैयाको पुनःस्थापना प्रदेश सरकारको प्राथमिकतामा’
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनःस्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। आफ्नो समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको...
प्रदेश सरकारद्वारा दार्चुलाका विपद् प्रभावितलाई राहत सामग्री प्रदान
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँका विपद्पीडितलाई राहत सामग्री प्रदान गरेको छ। धनगढीमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले मंगलबार...
ग्रिनल्यान्ड र डेनमार्कसँग सुरक्षा सम्झौतामा ट्रम्पले गरे हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रमका क्रममा ग्रिनल्यान्डसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बाढी प्रभावितका लागि तनाव व्यवस्थापन शिविर सञ्चालन
काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ। नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर...
बगर बनेको स्याफ्रुबेसीमा नयाँ जीवनको खोजी
बाढीबाट जोगिएको छ भित्तामा टाँसिएका केही घरहरू र कोमिन स्यामेवाङफेल आधारभूत विद्यालय । यही विद्यालय अहिले बाढीपीडितका लागि होल्डिङ सेन्टर बनेको छ। रसुवाको सबैभन्दा...
वामपन्थी एकता प्रक्रिया अघि बढाउन नेकपाले बनायो वार्ता समिति, बुधबारदेखि नै काम सुरू गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले वामपन्थी दलहरूसँग एकताको प्रक्रिया अगाडि बढाउन वार्ता समिति बनाएको छ।
राहुघाटको परिक्षण उत्पादन थालियो
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मंगलबारदेखि परिक्षण उत्पादन थालेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको...
८० वर्षपछि आफैंप्रतिको विश्वास फर्काउन बहस गर्दैछ राष्ट्रसंघ
नेपालजस्तो सैन्यशक्ति, राजनीतिक शक्ति र अर्थतन्त्र सबैमा कमजोर मुलुकहरुका प्रभावमा आधारित होइन,‘नियम’मा आधारित विश्वव्यवस्थाले लाभ दिने गर्छ । यस्ता देशका लागि संयुक्त राष्ट्र संघ...
जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा
सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
दुई महिनामा १ करोड १५ लाखभन्दा बढीका अवैध सामान बरामद
सिरहा । सिरहा नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले चलाएको निगरानी र गस्ती अभियानका क्रममा सिरहामा पछिल्लो दुई...
राष्ट्रसङ्घको उच्चस्तरीय बहस सुरु, नेपालबाट परराष्ट्रमन्त्री सहभागी
संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभाअन्तर्गत विश्वभरका नेताहरूको सहभागिता रहने उच्चस्तरीय राजनीतिक बहस न्यूयोर्कस्थित मुख्यालयमा सुरु भएको छ।...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन ? पोखरा कसरी चलाउनुपर्छ ?
नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज आउने वातावरण निर्माण गर्न सरकार, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र पर्यटनसँग सम्बन्धित स्थानीय सरोकारवालाबीच सही समन्वय हुनुपर्छ । कसैले एक्लै...
सन्धि–सम्झौताअनुसार कानुन बनाउन ढिलाइ हुँदैन : मन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताअनुसार आवश्यक पर्ने कानुन निर्माणमा सरकारले ढिलाइ नगर्ने बताएकी छन्।...
अमेरिकी प्रतिबन्धबिच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी
काठमाडाैँ। इरानी उड्डयन क्षेत्रमा अमेरिकी प्रतिबन्ध कडा पारिनुअघि इरानको राष्ट्रिय वायुसेवा कम्पनी ‘इरान एयर’ले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको जनाएको...
बालेनले तोडे सबै परम्परा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन उनी अमेरिका गएका हुन् । देशको...
राष्ट्रसंघको महासभामा प्यालेस्टाइनको अनुपस्थितिप्रति एर्दोगानको आक्रोश
‘हाम्रा प्यालेस्टाइनी दाजुभाइ तथा दिदीबहिनीमाथि भएको यो अन्यायले मानवताको विवेकलाई गहिरो रूपमा चोट पुर्याएको छ’, एर्दोगानले भने ।
ट्राफिकसँग त्रिपुरेश्वरमा अर्जुनको किन भयो विवाद ? के भन्छ उनको परिवार ?
त्रिपुरेश्वर आगलागी घटनामा मृत्यु भएका चालक दोङको पृष्ठभूमि पनि विवादित रहेको प्रहरीले जनाएको छ । करिब तीन महिनाअघि काठमाडौंकै मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग उनले...
तिब्बतसँग जोडिएको टेताङ्छे : बाढीले त छोएन, चुल्हो बल्न छोड्यो
१० भदौको विनाशकारी बाढीले सडक सञ्जाल टुटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका ५ वटै वडामा खाद्यान्न अभाव भएको छ । पैसा भएर पनि खाद्यान्न किन्न नपाएपछि...
नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय अभियान चलाउने
यो अभियान असोज १५ गतेदेखि सुरू भई मंसिर १५ गतेसम्म चल्ने प्रवक्ता ज्वालाले जानकारी दिए।
सर्वोच्चको फैसला जसले अख्तियारको आरोपपत्रलाई औचित्यहीन बनाइदियो
अख्तियारले पासपोर्ट ठेक्कामा १० अर्ब रुपैंया भ्रष्टाचार भएको दावी गरेर मुद्दा चलाए पनि सर्वोच्च अदालतले अर्कै मुद्दामा उक्त ठेक्का कानूनसम्मत रहेको भनी फैसला गरेको...
लमजुङ प्रसाशनले भन्यो- भारी वर्षाको सम्भावना छ, लमजुङ-मनाङ सडकमा उच्च सतर्कता अपनाउनू
जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औंल्याएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।...
कुखुरा मासुमा अचाक्ली मूल्यवृद्धि, खुद्रामा लुटिँदै उपभोक्ता
पछिल्लो दुई महिना अवधिमा ब्रोइलर कुखुरा मासुको मूल्य निरन्तर उकालो यात्रामा छ । असार अन्तिम सातासम्म आम उपभोक्ताको पहुँचमा रहेको कुखुराको मासु अहिले किन्नै...
रविले भने- प्रधानमन्त्रीको अमेरिका भ्रमण सफल होस्, राष्ट्रिय हित सशक्त रूपमा उठोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेका छन्।...
रविले दिए बालेनलाई शुभकामना, भने– भ्रमण अर्थपूर्ण र सफल होस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई शुभकामना दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री शाह मंगलबार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।