THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
SF
सेतोपाटी

महामन्त्री घिमिरेले भने– यो महाधिवेशनले कांग्रेस नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थकता दिनेछ

महामन्त्री घिमिरेले लामो समयसम्म विभिन्न राजनीतिक दलहरूले देशको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकेको उल्लेख गरे।

'युरोपको आर्थिक मोडल नै अस्तित्वको संघर्षमा छ'

विश्व व्यवस्था बदलिँदै छ । नियम, खुला व्यापार र बहुपक्षीय सहकार्यमा आधारित पुरानो व्यवस्थाको ठाउँमा शक्ति, स्वार्थ र दबाबको राजनीति हाबी हुँदै गएको छ...

मध्यावधि चुनावअघि जेष्ठ नागरिकका लागि ट्रम्पको यस्तो घोषणा

१८ असोज, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनआउन केवल एक महिना बाँकी रहँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा गरेका...

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

बाँके। दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन भएपछि बाँकेको एलगाउँवासी शोकमग्न भएका छन्। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३...

महाधिवेशन लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दै कांग्रेस

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशनको सकाए लगत्तै गाउँ–गाउँ जाने संकल्प गर्दैछन् । कांग्रेसकी उपसभापति पुष्पा भुसालका अनुसार महाधिवेशनमार्फत थप...

SF

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँको भानु नगरपालिका-१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

यो महाधिवेशन पद र नेतृत्व व्यवस्थापनको माध्यम मात्रै होइन : उपसभापति भुसाल

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बेत्रावतीको बेलीब्रिज दसैंअघि सञ्चालनमा आउने

बेलीब्रिज निर्माणपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने जिल्लावासीको अपेक्षा छ।

बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा भएको अवरोध...

SF

पाँच सयको सियोधागोले बचाएको स्वाभिमान!

एकपटक ऊसँग आफ्नो तुलना गरेँ। तुलोको एकापट्टि म थिएँ। हुत्तिएर आकाश पुगेको थिएँ। अर्को पट्टि ऊ थिई, झुकेर धर्तीमा टाँसिएकी थिई। जीवन एउटा पाठशाला...

कांग्रेस महाधिवेशनमा आएनन् छिमेकी मुलुकका राजनीतिक दलका नेता

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा छिमेकी मुलुक भारत र चीनका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको भौतिक उपस्थिति देखिएकाे छैन। महाधिवेशनमा भारत र...

राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन कांग्रेस १५औँ महाधिवेशनपछि गाउँ पस्छ :  महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री...

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

रसुवा । नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ । गत भदौमा गएको रसुवा बाढीले सो...

SF

कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो− उपसभापति भुसाल

‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’...

खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)

महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।

परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत कांग्रेसले राख्छ : पुष्पा भुसाल

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत आफ्नो पार्टीले राख्ने बताएकी छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ...

दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । यहाँका खुला बजारमा दसैँका लागि नयाँ कपडा...

कांग्रेसको १५औँ महाधिवेशन आत्मसमीक्षा र पुनर्निर्माणको अवसर हो : पुष्पा भुसाल

नेपाली कांग्रेसकी केन्द्रीय कार्यसमितिकी उपसभापति पुष्पा भुसालले १५औँ महाधिवेशनलाई सभा, समारोह मात्र नभई पार्टीको आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसर भएको बताएकी छिन्।...

तस्बिरमा हेर्नुहोस् कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार उद्घाटन गरेका छन् । थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशनको...

क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण

१८ असोज, प्योङयाङ (रासस/एएफपी) । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरीसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार...

लमजुङको हाइड्रोपावरमा भेटियो घाइते बाघ

लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ खुदीस्थित सिनो सगरमाथा हाइड्रोपावरको जालीमा पासोमा परी घाइते भएको अवस्थामा एउटा बाघ फेला परेको छ।...

लोकतन्त्र र राजनीतिमाथि प्रश्न उठेका छन्, यसको जवाफ खोज्न सक्नुपर्छ : घिमिरे

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् । आजबाट सुरु भएको पार्टीको...

सुशासन, संविधान र कानुनी शासनभन्दा बाहिर गएर काम गर्ने विरुद्ध बलियो शक्ति भएर उभिनेछौँ :  उपसभापति भुसाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले सुशासन, संविधान र कानुनी शासन बाहिर गएर शासन गर्ने विरुद्ध उभिने शक्ति निर्माण गर्नुपर्ने बताएकी छिन् ।...

तस्वीरमा हेरौँ कांग्रेसको १५औं महाधिवेशन

गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वले विधानअनुसार अहिले नियमित महाधिवेशन गरेको हो।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।