‘बयलगाडे विकास’ले युवाहरूको चुलिँदो आकाङ्क्षा सम्बोधन गर्दैन : डा.बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्व सरकारको ६ महिनाको मूल्याङ्कन ‘केही आशङ्का सहितको आशा’ जस्तो रहेको बढी अनुभूत भएको टिप्पणी गरेका छन्...
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन श्रम संस्कृति सांसदको माग
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि...
लार्केपास पूर्ण रुपमा अवरुद्ध
पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताए।
मुटुरोगीलाई डायलासिस सेवा
स्याङ्जाको वालिङमा रहेको वालिङ सामुदायिक डायलासिस सेन्टरबाट ६६ जना बिरामीले निःशुल्क डायलासिस सेवा लिएका छन्।...
बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन शुक्रबार वसन्तपुरमा सामूहिक दीप प्रज्वलन गरिने
जलवायु न्यायका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।...
विद्युतको भ्याटले कहाँ कति बढायो लागत? औषधिमा मासिक ५ लाख, कोल्डस्टोरमा १० प्रतिशतसम्म
सरकारले चालु आर्थिक वर्षदेखि विद्युत बिक्रीमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ले एउटा प्रश्न उठेको छ — यसले उद्योगको लागतमा कस्तो असर...
लुम्बिनी प्रदेशसभाका विषयगत समितिको एक वर्षमा १०३ बैठक, कुन समितिले कति गरे ?
बुटवल । लुम्बिनी प्रदेशसभाका ६ वटा विषयगत समितिले आर्थिक वर्ष २०८२/८३ मा १०३ वटा बैठक गरेका छन्। प्रदेशसभा सचिवालयले रातोपाटीलाई उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा...
मुस्ताङमा बाढी–पहिरोको वितण्डाबारे गौचनद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । मुस्ताङमा पछिल्लो समय गएको बाढी, पहिरो र नदी कटानका कारण भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका...
भुटानमाथि घरेलु टोली गण्डकीको दोस्रो जित
१४ असोज, काठमाडौं । पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा...
ठुला चाडपर्व सकिएपछि आन्दोलन हुन सक्ने सुरक्षा ब्रिफिङ
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेल मञ्चमा बोल्दै गर्दा सिरहाको औरही गाउँपालिकामा होहल्ला गरियो । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रम स्थलमा विरोध भएपछि भदौ...
गुप्तचर सल्लाहकारलाई ‘एआई जार’ बनाउन सकिने ट्रम्पको सङ्केत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'एक्सियोस' सँग कुरा गर्दै राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनलाई प्रशासनको नयाँ 'एआई जार' बनाउन सकिने सङ्केत गरेका छन्।
तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैन : सडक डिभिजन चरिकोट
१४ असोज, काठमाडौं । सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सडकको समस्या नरहेको बताएका छन् । उनले सडकका...
१४ वर्षीया दीपिकाको मृत्यु, आक्रोशित आफन्तद्वारा बीपी प्रतिष्ठान तोडफोड
धरान । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा तोडफोड गरेका छन्। धरान...
'पेन्सन पट्टा' बन्यो यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म
यस वर्ष सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा 'गौंथली' पहिलो र 'लालीबजार' दोस्रो स्थानमा छन्।
‘पुँजीबजार सुधारका काम भइरहेका छन्’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताएका छन्।...
कांग्रेस महाधिवेशन प्रतिनिधिमा वडा सदस्यले हराइन् केन्द्रीय सदस्यलाई
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेका छन्।
दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय सदनमा उठ्यो
काठमाडौँ । कञ्चनपुर दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ । राष्ट्रिय स्वतन्त्र...
'बाः एक योद्धा'मा बढ्दै दर्शक, शो पनि थपियो
सन्तानले आफ्ना अधिकारका लागि आवाज उठाए पनि बाबुआमाप्रतिको दायित्व बिर्सन नहुने सन्देश फिल्मले दिएको दर्शकको भनाइ छ।
चाइना ओपनअघि जोकोभिचले भने - शरीरको अवस्था राम्रो छ
२४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिचले चाइना ओपनअघि आफ्नो शारीरिक अवस्था राम्रो रहेको बताएका छन्।...
सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी
फाउन्डर्स हबमार्फत प्रत्येक वर्ष १ सय वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।